Logo

May 21 2025 | २०८२, जेठ ७ गते

May 21 2025 | २०८२, जेठ ७ गते

२० एसएसपीका निम्ति ४६ एसपीबीच चर्को प्रतिस्पर्धा

२० एसएसपीका निम्ति ४६ एसपीबीच चर्को प्रतिस्पर्धा

  • काठमाडौं । गृह मन्त्रालयले बढुवा सिफारिसको तयारी गरेपछि नेपाल प्रहरीमा रिक्त २० एसएसपीका निम्ति ४६ एसपीबीच चर्को प्रतिस्पर्धा शुरू भएको छ ।

    images
    images
    images

    गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीको अध्यक्षतामा गठित बढुवा समितिले एसएसपी हुने योग्यता पूरा गरेका एसपीहरूको कार्यसम्पादन मूल्यांकन अध्ययन थालेसँगै एसपीहरू दौडधुप र भनसुनमा सक्रिय देखिन्छन् । बढुवा समितिमा प्रहरी महानिरीक्षक वसन्त कुँवर र मानवस्रोत विभागका एआईजी भीमप्रसाद ढकाल सदस्य छन् ।

    images

    मन्त्रालयले मंसिर ९ गते बेलुकी ८ एसएसपीलाई डीआईजी बढुवाका निम्ति सिफारिस गरेपछि एसएसपीको रिक्त दरबन्दी २० हुन पुगेको हो । सिफारिस भएका डीआईजी बढुवाको अनुमोदन मन्त्रिपरिषद् बैठकले बिहीबार गर्ने सम्भावना छ । त्यसपछि एसएसपीको रिक्त दरबन्दी पूर्ति गर्ने प्रक्रिया शुरू हुने गृहस्रोतले जनाएको छ ।

    images

    यदि डीआईजी बढुवामा जस्तै अघिल्लो बढुवाको वरिष्ठता कायम हुने हो भने यसचोटि २०५६।०३।०३ र २०५८।०४।१८ मा इन्स्पेक्टरमा भर्ना भई २०७५।११।०७ मा एसपी बढुवा हुने अधिकृत एसएसपी बढुवाका दाबेदार हुन् ।

    त्यसमा गोविन्द अधिकारी, मेखबहादुर खत्री, विनोद सिलवाल, रमेश थापा, प्रकाश रानाभाट, विमलराज कँडेल, कमल थापा, जनार्दन जि.सी., कृष्णप्रसाद कोईराला, सन्तोष खड्का, रञ्जु सिग्देल, अनुपमसमशेर जबरा, श्यामकुमार महत्तो कृष्णप्रसाद पंगेनी, अजय के.सी., नवराज अधिकारी, वीरबहादुर बूढामगर छन् ।

    त्यसबाहेक २०५६।०३।०३ भर्ना मिति दोस्रो सूचीमा एसपी बढुवा हुने तुलबहादुर कार्की, राकेश सिंह, राजीवबहादुर बस्नेत पनि यसचोटिको एसएसपी बढुवाका दाबेदार हुन् ।

    २०५८।०४।१८ भर्ना मितिका इन्स्पेक्टर, तर दोस्रो सूचीमा एसपी भएका ऋषिराज कँडेल, शिवकुमार श्रेष्ठ, राजकुमार सिलवाल, अमेरेन्द्रबहादुर सिंह, श्यामसिंह चौधरी, शान्तिराज कोईराला, होविन्द्र वोगटी, वेद विष्ट, दीपक पोखरेल, दयानिधी ज्ञवाली, संजयसिंह थापा, पदमबहादुर विष्ट, प्रवीण धिताल, प्रभुप्रसाद ढकालहरू पनि एसएसपी दर्जाका प्रतिस्पर्धी हुन् ।

    उक्त व्याचमा योगेन्द्रसिंह थापा, दिलीप घिमिरे, वीरेन्द्रवहादुर शाही, सुवासचन्द्र बोहरा, प्रजित के.सी., रामेश्वर कार्की, सन्तोषसिंह राठौर, अर्जुनप्रसाद तिमिल्सिना, चक्रराज जोशी, राजेन्द्रप्रसाद धमला, रमेश पण्डित, नरहरी रेग्मी, सुमनकुमार तिमिल्सिना रहेका छन् ।

    यदि २०७५।११।०७ को एसपी बढुवाको वरिष्ठता कायम रहेमा उक्त व्याचबाट बाँकी रहेका १८ सहित थप दुईजना एसएसपी बढुवा हुन्छन् । त्यसो गर्दा इन्स्पेक्टर भर्ना मितिको वरिष्ठतालाई आधार मानिए कार्की, सिंह र बस्नेतमध्येबाट बढुवा हुने सम्भावना छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij