Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

उपप्रमुख डंगोललसँग एशियन वुमेन लिडर्स फोरमका संस्थापक सासाकीको भेट

उपप्रमुख डंगोललसँग एशियन वुमेन लिडर्स फोरमका संस्थापक सासाकीको भेट

  • काठमाडौँ । ‘काठमाडौँ महानगरपालिकाले गठन तथा सञ्चालन गरेको ‘महिला सञ्जाल’ र विपन्नका लागि कानुन व्यवसायीबाट प्रदान गरिने ‘निःशुल्क सेवा’ महत्वपूर्ण काम हुन् ।

    onlinepatrika
    Arghakhachi

    लैङ्गिकमैत्री सहर निर्माणका लागि उत्तरदायी कानुन, नीति, कार्यक्रम र बजेट प्राथमिकतामा छन् ।’महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले, धेरै महत्वपूर्ण तथा प्राथमिकतायुक्त कार्यक्रममा पनि महिला, बालबालिका र ज्येष्ठ नागरिकसँग सम्बन्धित कार्यक्रम विशेष प्राथमिकतामा राखिएको बताइन् ।

    AGNI GROUP

    महिला नेतृत्व विकासका विषयमा भेटघाटका लागि कार्यकक्षमा आएकी एशियन वुमेन लिडर्स फोरम (एडब्लुएलएफ) का संस्थापक अध्यक्ष एआइ सासाकीसँग कुरा गर्दै उनले, समतामूलक समाज निर्माण गर्ने, महिलाहरुको नेतृत्व विकास गर्ने कार्यक्रमको थालनी तल्लो तहमा रहेका महिलाहरुलाई लक्षित वर्गमा राखेर काम गर्ने गरिएको जानकारी दिइन् ।

    लैङ्गिक उत्तरदायी सहर निर्माण, लिङ्गका आधारमा हुने हिंसा न्यूनीकरण, उद्यमशीलता बाट महिलाहरुको आर्थिक सशक्तिकरण र नेतृत्व विकास, महिलाको हक स्थापित, समतामूलक समाज निर्माणका लागि महानगरपालिकाले स्थानीय कानुन तर्जुमा गरेको छ । कानुन कार्यान्वयन गर्न कार्यविधि जारी गरिएका छन् ।

    वार्षिक बजेट, नीति र कार्यक्रममा यस क्षेत्रलाई प्राथमिकतामा राखिएको छ । कार्यक्रम कार्यान्वयन गर्न वार्षिक बजेटको व्यवस्था गरिएको छ ।’ डंगोलले महानगरपालिकाबाट महिलाहरुले प्राप्त गर्ने सेवाका विषयमा जानकारी दिइन् । महिलाको नेतृत्वमा वडा महिला सञ्जालले काम गरिरहेको छ । यस्ता कामबाट उनीहरुको आर्थिक सशक्तिकरणसँगै व्यक्तित्व र नेतृत्व विकास भएको उनको भनाइ छ ।

    छलफलमा अध्यक्ष सासाकीले, काठमाडौँले थालेका प्रयासहरु दक्षिण एशियाली मुलुकहरुका महिला नेतृत्व विकासका लागि प्रेरणादायी रहेको उल्लेख गरिन् । ‘फोरमबाट तालिम लिएकाबाट सन् २०३० सम्ममा १ हजार नेतृत्वमा पुयाउने र उहाँहरुलाई भेला गराएर दक्षिण एशियाली मुलुकस्तरीय समिट आयोजना गर्ने लक्ष्य छ ।’ यसका लागि यहाँको नेतृत्वबाट धेरैलाई प्रेरणा दिन सकिन्छ ।

    यसका लागि हामीले आयोजना गर्ने कार्यक्रममा यहाँलाई बक्ताका रुपमा निमन्त्रणा गर्न चाहन्छौँ ।’ उनले विभिन्न देश र स्थानहरुमा आयोजना हुने कार्यक्रममा सहभागिताका लागि निमन्त्रणा गरिन् । छलफलमा दक्षिण एशियाली मुलुकहरुमा महिलाहरुको नेतृत्व स्थान, आपसी सिकाइ, भोगाइ आदानप्रदान गर्ने अवसरलगायत विषय उठेका थिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij