Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

परिक्रमा क्षेत्रमा मासु मदिरामा प्रतिबन्ध

परिक्रमा क्षेत्रमा मासु मदिरामा प्रतिबन्ध

  • काठमाडौं । धार्मिक तथा सांस्कृतिक महत्वलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय धनुषाले परिक्रमा क्षेत्रमा माछा मासु मदिरा विक्रि वितरण तथा सेवनमा प्रतिबन्ध लगाएको छ।

    onlinepatrika
    Arghakhachi

    जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै फागुन २८ गते राति १२ः०० बजेदेखि चैत १ गते दिउँसो १२ः०० बजेसम्म परिक्रमा क्षेत्र र वरपरका स्थानहरूमा माछा मासु तथा मदिरा विक्री, वितरण र सेवनमा पूर्ण प्रतिबन्ध लगाएको हो ।

    AGNI GROUP

    प्रमुख जिल्ला अधिकारी रामु राज कडरीयाको निर्देशनअनुसार, परिक्रमा क्षेत्रमा शान्ति सुव्यवस्था कायम राख्न तथा धार्मिक अनुशासन पालना गराउन उक्त निर्णय लिइएको हो । प्रशासनले आम सर्वसाधारणलाई यस नियमको पूर्ण पालना गर्न अनुरोध गरेको छ ।

    उल्लङ्घन गर्नेहरूमाथि कानूनी कारबाही गरिने चेतावनी दिँदै, प्रशासनले स्थानीय व्यापारी, श्रद्धालु तथा सुरक्षाकर्मीहरूलाई सहयोग गर्न आह्वान गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij