Jun 08 2026 | २०८३, जेठ २५ गते
ललितपुर । होली पर्व २०८० को अवसरमा जिल्ला प्रहरी परिसर ललितपुरले आम नागरिकलाई सुरक्षित एवं मर्यादित रूपमा पर्व मनाउन अनुरोध गरेको छ। प्रहरीले ‘सुरक्षा सुनिश्चितता, हाम्रो प्रतिबद्धता’ नारासहित होलीलाई सभ्य र अनुशासित रूपमा मनाउनका लागि विभिन्न अपिलहरू गरेको हो ।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार होली पर्वमा जबरजस्ती रंग दल्ने, अभद्र व्यवहार गर्ने कार्य दण्डनीय हुने भएकाले त्यस्ता गतिविधिबाट टाढा रहन अनुरोध गरिएको छ। प्रहरीका अनुसार मदिरा सेवन गरी ट्राफिक नियम उल्लंघन गर्ने, सवारी साधन तोडफोड तथा सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने कार्य कानूनी रूपमा कारवाहीको दायरामा पर्नेछ।
ललितपुर प्रहरीका अनुसार होली पर्वका अवसरमा शान्ति सुरक्षालाई थप प्रभावकारी बनाउन विशेष सुरक्षा योजना कार्यान्वयन गरिनेछ।
प्रहरीले होली मनाउने क्रममा नशालु पदार्थ सेवन नगर्न, भीडभाड भएका स्थानमा सचेत रहन, अवाञ्छित गतिविधिमा संलग्न नहुन, महिलाहरू तथा बालबालिकाहरूलाई असजिलो हुने कार्य नगर्न र नगर्न दिन सबैलाई आग्रह गरेको छ। साथै, मोबाइल, नगद तथा गरगहना झिकेर हिँड्दा चोरी तथा लुटपाटको जोखिम हुनसक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ।
ललितपुर प्रहरीका अनुसार होली पर्वका अवसरमा शान्ति सुरक्षालाई थप प्रभावकारी बनाउन विशेष सुरक्षा योजना कार्यान्वयन गरिनेछ। सार्वजनिक स्थान, चोक, गल्ली तथा अन्य भीडभाडयुक्त क्षेत्रहरूमा प्रहरी गस्ती बढाइने र सादा पोशाकका सुरक्षाकर्मी परिचालन गरिने जनाइएको छ।
प्रहरीले होली पर्वलाई मर्यादित, सभ्य र सुरक्षित बनाउन सबैलाई सहयोग गर्न आग्रह गर्दै कुनै पनि अपराधिक क्रियाकलाप देखेमा तत्काल नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij