Jun 08 2026 | २०८३, जेठ २५ गते
काठमाडौं । बुधबार राष्ट्रियसभाको बैठक बस्दैछ । बैठक संघीय संसद भवन, नयाँ बानेश्वरमा दिउँसो १ः१५ बजे बस्ने संघीय संसद सचिवालयले जनाएको छ ।
आजको बैठकमा भौतिक, पुर्वाधार तथा यातायात मन्त्रालय, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रालयका मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मुस्लिम आयोगको आर्थिक वर्ष २०८०÷८१ को वार्षिक प्रतिवेदन’ सभासमक्षा पेस गर्ने छन् भने विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले ‘दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानुनी व्यवस्था आवाश्यक्ता सम्बन्धी प्रतिवेदन, २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij