Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

माकलबारीमा युवकको हत्या

१९ वर्षीय युवकको शव गाडिएको अवस्थामा फेला, एक भारतीयसहित ६ जना पक्राउ

१९ वर्षीय युवकको शव गाडिएको अवस्थामा फेला, एक भारतीयसहित ६ जना पक्राउ

चैत १५ गते माकलबारीको आरके मोटरसाइकल वर्कशपको पछाडि जमिनमा गाडिएको अवस्थामा शव फेला परेको थियो ।

  • काठमाडौं । प्रहरीले माकलबारीमा युवकको हत्या गरी शव गाडेको आरोपमा एक भारतीयसहित ६ जनालाई पक्राउ गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    पक्राउ पर्नेमा भारतको बिहार घर भई दक्षिणढोका बस्ने २९ वर्षीय सुनिल शर्मा, सर्लाहीको चक्रघट्टा गाउँपालिका–१ घर भएका २२ वर्षीय निपु मण्डल, सोही गाउँपालिका–६ का १८ वर्षीय विजय यादव, सोही स्थानका १८ वर्षीय करनकुमार महतो, त्यहीँका २३ वर्षीय जोधन मण्डल र ४५ वर्षीय उत्तम मण्डल छन् ।

    AGNI GROUP

    सर्लाहीको चक्रघट्टा-८ घर भई गोकर्णेश्वर नगरपालिका-५ बाहुनधारा बस्ने १९ वर्षका राहुल साहको हत्या भएको थियो ।

    चैत ११ गतेदेखि हराइरहेका साहको चैत १५ गते माकलबारीको आरके मोटरसाइकल वर्कशपको पछाडि जमिनमा गाडिएको अवस्थामा शव फेला परेको थियो ।

    उनी हराएको सूचना प्रहरी वृत्त बोद्धमा पुगेपछि प्रहरीले खोजतलास गरेको थियो ।

    लेनदेनको विषयलाई लिएर हत्या भएको र काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको एक प्रहरी अधिकृतले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट