Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

कार्यालय प्रमुख नहुँदा सेवा प्रवाहमा समस्या

कार्यालय प्रमुख नहुँदा सेवा प्रवाहमा समस्या

  • काठमाडौं । महोत्तरीको इलाका प्रशासन कार्यालय गौशालामा विगत एक महिनादेखि कार्यालय प्रमुख नहुँदा सेवा प्रवाहमा समस्या उत्पन्न भएको छ ।

    onlinepatrika
    Arghakhachi

    सो कार्यालयमा एक महिनादेखि कार्यालय प्रमुख तेजनारायण झा अनुपस्थित हुँदा इलाका प्रशासन कार्यालयबाट जारी हुने नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र वितरणका कामकाज प्रभावित बनेको छ ।

    AGNI GROUP

    कार्यालय प्रमुख नहुँदा नागरिकतामा हस्ताक्षर गर्न नसकिएर एउटा नागरिकताकै लागि सेवाग्राही तीन दिनदेखि पाँच दिनसम्म धाउनुपरेको छ । यसरी एक महिनादेखि कार्यालय प्रमुख इप्रकामा नपुग्दा सेवाग्राहीले भोगिरहेका समस्याका सन्दर्भमा जिल्ला प्रशासन कार्यालयका प्रवक्ता एवं सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले गत महिनादेखि नै इलाका प्रशासन कार्यालय प्रमुख विहीन रहेको स्वीकार गर्नुभयो ।

    उहाँले त्यहाँ कार्यरत कार्यालय प्रमुख (अधिकृत) झाले फागुनमा सेवाबाट राजिनामा गरेको र चैत १ गते उहाँको राजिनामा स्वीकृत भइसकेको जानकारी दिनुभयो । इलाका प्रशासन कार्यालयमा सेवाग्राहीले भोगिरहेका समस्याका सन्दर्भमा उहाँले त्यस कार्यालयमा कर्मचारी अभाव र कामको चाप बढी भएको बताउनुभयो ।

    एक कार्यालय प्रमुख, दुई नायब सुब्बा, दुई कार्यालय सहयोगी, एक कम्प्युटर अपरेटर र एक लेखापालको दरबन्दी मात्रै रहेको इलाका प्रशासन कार्यालय विगत एक महिनादेखि कार्यालय प्रमुखको अभावमै त्यस क्षेत्रका विभिन्न पाँच वटा पालिकाका २६ वडाका नागरिकलाई सेवा दिनुपर्दा भ्याइनभ्याइ भएको र सेवा प्रवाहमा बढी समय लाग्ने गरेको सहायक प्रजिअ न्यौपानेले बताउनुभयो । उहाँले सेवा प्रवाहमा समय लागे पनि सेवा प्रवाह बन्द नभएको बताउनुुभयो ।

    उहाँले इलाका प्रशासन कार्यालय छुट्टै कार्यालय भइसकेकाले त्यस कार्यालयमा यस (जिल्ला प्रशासन कार्यालय) बाट कोही कसैलाई काजमा खटाउन नमिल्ने भएकाले त्यहाँका सेवा ग्राहीको समस्या आफूहरुले चाहेर माग बमोजिम समाधान गर्न नसकिने बताउनुभयो ।  

    त्यहाँका सेवा प्रवाहमा गति ल्याउनका लागि जिल्ला प्रशासन कार्यालयले सामान्य प्रशासन मन्त्रालयमा उत्पन्न भएको समस्याका सन्दर्भमा जानकारी गराउँदै कार्यालय प्रमुख चाँडै पठाइ दिन माग गरिसकेको जनाउँदै सहायक प्रजिअ न्यौपानेले चाँडै नै इलाका प्रशासन कार्यालयमा प्रमुख आइहाल्ने र सेवा प्रवाह सहज हुने बताउनुभयो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट