Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

राजावादी आन्दोलन

सुरेश रजकको जलेरै मृत्यु भएको पुष्टि

सुरेश रजकको जलेरै मृत्यु भएको पुष्टि

पोस्टमार्टन नहुँदै उनलाई गोली लागेको भ्रामक हल्ला फैलिएपछि पोस्टमार्टम गर्नुअघि एक्स रे गरिएको थियो ।

  • काठमाडौं । गत शुक्रबार राजावादीको तीनकुेन प्रदर्शनका क्रममा मारिएका पत्रकार सुरेश रजकको बुधबार पोस्टमार्टम गरिएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पोस्टमार्टम भएको हो । उनको पोस्टमार्टन नहुँदै उनलाई गोली लागेको भ्रामक हल्ला फैलिएपछि पोस्टमार्टम गर्नुअघि एक्स रे गरिएको थियो ।

    onlinepatrika
    Arghakhachi

    एक्स रे गर्दा उनको शरिरमा गोली नलागेको पुष्टि भएको हो । त्यसपछि चिकित्सकहरूले पोस्टमार्टम गरेका थिए । उनको जलेरै मृत्यु भएको पोस्टमार्टम रिपोर्ट आएको छ । साथै उनलाई मारेर जलाइएको भन्ने हल्ला पनि भ्रामक रहेको पुष्टि भएको छ ।

    AGNI GROUP

    राजावादीले आगो लगाएका तीनकुनेस्थित भवनमा रजकको जलेर मृत्यु भएको अवस्थामा शव फेला परेको थियो । त्यस प्रदर्शनका क्रममा कीर्तिपुरमा सविन महर्जनको पनि मृत्यु भएको थियो । उनलाई भने गोली लागेको पुष्टि भएको थियो । महर्जनका परिवारले उनको शव बुझिसकेका छन् । अब रजकका परिवारले पनि शब बुझ्नेछन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट