Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

मौसम पूर्वानुमान महाशाखा

काठमाडौंमा हावाकाे गुणस्तर दिनभर नै अति अस्वस्थ

काठमाडौंमा हावाकाे गुणस्तर दिनभर नै अति अस्वस्थ

वायु प्रदूषण बढेको काठमाण्डौमा आज बिहादेखि दिनभर नै अति अस्वस्थ अवस्थामा पुगेको

  • काठमाडौं । काठमाडौं उपत्यकाको हावाको गुणस्तर अति अस्वस्थ अवस्थामा पुगेको छ । केही दिनदेखि नै वायु प्रदूषण बढेको काठमाण्डौमा आज बिहादेखि दिनभर नै अति अस्वस्थ अवस्थामा पुगेको हो ।

    onlinepatrika
    Arghakhachi

    वायु गुणस्तर मापन सूचक एक्यूआई दिनभर नै २ सय ६० आसपासमा रहेको काठमाडौं वायु प्रदूषण उच्च रहेका विश्वका ठूला शहरको सूचीको पहिलो नम्बरमा रहेको विश्वव्यापी रूपमा हावाको गुणस्तर अनुगमन गर्ने संस्था आईक्यूएअरले जनाएको छ । एक्यूआई २ सयभन्दा माथि पुगेपछि सबै वर्गका लागि अति अस्वस्थ हुन्छ ।

    AGNI GROUP

    देशका बाँकी भूभागको मौसम सामान्यतया सफा देखिए पनि काठमाडौंकाे मौसम खुल्न सकेको छैन । वायुमण्डलमा धूँवा, धूलो भरिएका कारण यहाँको हावा विषाक्त बनेको र घामसमेत राम्ररी लाग्न नसकेको मौसमविद्ले बताएका छन् । हावा प्रदूषित भएकाले आँखा, नाक पोल्ने लगायतका समस्या देखिन थालेको छ ।

    देशव्यापी डढेलो, आगलागीको घटना बढेका, ग्रामीण इलाकामा कृषि अवशेष जलाउने क्रम बढेको, गाडीको चापका कारण वायु प्रदूषण बढेको वायु गुणस्तर विज्ञ डा.भूपेन्द्र दास बताउनुहुन्छ ।

    unn.prixa.net

    उहाँका अनुसार काठमाडौं को कचौरा आकारको भूगोलका कारण पनि विषाक्त हावा बाहिरिन नसक्दा वायुमण्डलबाट धूँवा–धूलोका कण हट्न नसकेका हुन् । यसमा सुधार हुन कि पानी पर्नुपर्छ वा बतास चल्नुपर्छ । तर तत्काल वर्षा वा हुरीबतासको सम्भावना नरहेको मौसमविद्ले बताएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट