Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

५ बुँदे सहमति पछि नेपाल स्काउट आन्दोलन स्थगित

५ बुँदे सहमति पछि नेपाल स्काउट आन्दोलन स्थगित

  • काठमाडौं । नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयले सहसचिव सुवास चन्द्र शिवाकोटीको नेतृत्वमा गठन गरेको सरकारी वार्ता टोली र नेपाल स्काउट शुद्धिकरण अभियानको वार्ता टोलीबिच ५ बुँदे सहमति भएको छ ।

    onlinepatrika
    Arghakhachi

    मन्त्रालयमा बुधबार अबेर भएको सहमतिमा नेपाल स्काउट शुद्धिकरण अभियानले उठाएका माग सम्बोधन गर्ने गरी मिति २०८१/१२/१६ गते मन्त्रालयकै उपसचिव रमा भट्टराईको नेतृत्वमा गठित छानबिन समितिलाई ७ सदस्यीय पु¥याउने, छानबिन अवधिभर नेपाल स्काउटको कार्यालय संचालनका लागि कार्यकारी निर्देशकको रुपमा कामकाज गर्नका लागि नियमानुसार कार्यरत कर्मचारीलाई जिम्मेवारी दिने, नेपाल स्काउटको प्रधान कार्यालय लैनचौर, काठमाडौँमा जारी अनसन लगायतका आन्दोलनका कार्यक्रम स्थगित गर्ने विषयमा सहमति भएको थियो ।

    AGNI GROUP

    सहमतिसँगै युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले अनसन स्थलमै पुगि ८ दिनदेखि अनसनमा रहेकोलाई जुस खुवाइ आन्दोलनका कार्यक्रम स्थगित गरेको छ ।

    प्रमुख आयुक्त देवराज घिमिरेको समेत उपस्थिति रहेको सो कार्यक्रममा बोल्दै मन्त्री चौधरीले स्काउटको विकासका लागि नेपाल स्काउटका नाममा देशभर रहेको जग्गा लगायतका भौतिक सम्पतिको खोजबिन गरी व्यवसायिक प्रयोजनमा लगाई आय वृद्धि गर्न कार्यमा सबै सक्रिय हुन् आह्वान गरेका थिए ।

    बुधबार भएको सहमतिसँगै आन्दोलनका क्रममा उठाइएका मागका बारेमा वार्ता टोलीले छानबिन गरी तोकिएको समयसीमा भित्रै प्रतिवेदन पेश गर्न मन्त्री चौधरीले निर्देशन दिइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट