Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

भिजन लुम्बिनी उर्जा कम्पनीलाई आइएसओ प्रमाणपत्र

भिजन लुम्बिनी उर्जा कम्पनीलाई आइएसओ प्रमाणपत्र

  • काठमाडौं ।  भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह र प्रमाणपत्र प्राप्त गरेको छ । अन्तर्राष्ट्रिय मापदण्डहरु पुरा गरेकाले आईएसओ ९००१–२०१५ प्राप्त गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    बेलायतमा रहेको स्टानचुली म्यानेजमेन्ट एण्ड सर्भिसेजको वोर्डले भिजन लुम्बिनीको आर्थिक, प्रशासनिक, कार्यसम्पादन, परियाजनाको विकास तथा डिजाईन, निर्माण लगायतको मुल्यांकन गरेर प्रमाणपत्र प्रदान गरेको कम्पनीका कार्यकारी निर्देशक जगत पोखरेलले जानकारी दिए ।

    AGNI GROUP

    काठमाडौको बुद्धनगरस्थित बुटवल पावर कम्पनीको भवनमा कार्यालय रहेको भिजन लुम्बिनी उर्जा कम्पनी लिमिडेडले प्रमाणपत्र ग्रहणका लागि आइतबार आयोजना गरेको कार्यक्रममा उनले कम्पनी सञ्चालनमा विश्वस्तरको मुल्य मान्यता र मापदण्डहरु पालना गर्न भिजन लुम्विनी प्रतिवद्ध रहेको बताएका थिए ।

    धेरै जनाको लगानी रहेको कम्पनी भएकाले पनि यस कम्पनीले आफूलाई पारदर्शीता र सुशासनलाई केन्द्रमा राखेको उनको भनाई थियो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट