Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

एकता महाधिवेशनमा भाग लिन अपिल: डा. पौडेल

एकता महाधिवेशनमा भाग लिन अपिल: डा. पौडेल

  • काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) अभियन्ता डा केशव पौडेलले सबै पक्षलाई एकता महाधिवेशनमा भाग लिन अपिल गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    उनले सबैले लचकता देखाएर सबै पक्षलाई एकै ठाउँमा ल्याउँदै यो महाधिवेशनलाई एकताको अधिवेशनमा रूपान्तरण गर्न जरुरी रहेको बताए ।

    AGNI GROUP

    उनले भने, ‘एनआरएनएको अधिवेशनमा बारम्बार देखिने विवादको मूल कारण डेलिगेट्स चयन प्रक्रिया नै हो । यसै समस्याको समाधानका लागि उच्चस्तरीय समितिले नेपाल जाने सबै सदस्यहरूलाई डेलिगेट बन्ने अवसर दिने व्यवस्था गरेको हो । अधिवेशनको क्रममा सदस्यता अप्रूवल प्रक्रिया पारदर्शी र निष्पक्ष हुनुपर्छ । कम्तीमा २ वर्ष विदेशमा बसिसकेका  नेपालीहरूलाई सदस्यता दिन सकियो भने अधिवेशन अझ व्यवस्थित र समावेशी बन्न सक्छ। त्यसैले विदेशमा रहनुभएका सम्पूर्ण साथीहरूलाई एनआरएनए उच्चस्तरीय समितिले आउँदो मे ३–५, २०२५ मा काठमाडौँमा आह्वान गरेको एकता महाधिवेशनमा सक्रिय सहभागिता जनाउन विशेष अपिल गर्दछु ।’

    एनआरएनहरू एकजुट हुन नसके एनआरएन नागरिकता, सामाजिक सुरक्षा, श्रमिक हकहित जस्ता एनआरएनएका  महत्त्वपूर्ण मुद्दाहरू ओझेलमा पर्ने पनि उनले बताए । उनले सबै एनआरएनहरूलाई उच्चस्तरीय समितिको पोर्टलमा गई सदस्यता लिएर डेलिगेट बन्न पनि आग्रह गरे । 

    उनले भने, ‘हामीले सकभर भौतिक अधिवेशनको पक्षमा आवाज उठाएका थियौँ, किनभने भौतिक रूपमा उपस्थित भएर नेपालसँगको सम्बन्ध अझ बलियो बनाउने अवसर मिल्छ । यद्यपि, केही साथीहरूले अनलाइन विधिको प्रस्ताव राखेपछि हामीले हाइब्रिड मोडेल अपनायौँ, तर त्यसले अपेक्षित परिणाम दिन सकेन । अहिलेको अवस्थामा भौतिक रूपमा उपस्थित भएर अधिवेशन गर्नु नै उचित हुनेछ। यसले पारदर्शिता कायम गर्न मद्दत गर्छ र सबैको विश्वास जित्न सकिन्छ ।’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट