Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

आफ्नै छोरीलाई करणी गरेको आरोपमा बुवा पक्राउ

आफ्नै छोरीलाई करणी गरेको आरोपमा बुवा पक्राउ

  • काठमाडौं । आफ्नै छोरीलाई करणी गरेको आरोपमा पर्सा प्रहरीले बुवालाई पक्राउ गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    नेकमेकबाट साइबर टिपलाइन रिपोर्ट २०७९६२८८६ को आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र साइबर ब्युरो भोटाहिटी काठमाडौँको संयुक्त प्रहरीको टोलीले  चैत २२ गते दिउँसो ३ बजेको समयमा बुवालाई पक्राउ गरेको हो।

    AGNI GROUP

    बाल यौन शोषण सामग्री सहितको भिडियो भएको मोबाइल पनि प्रहरीले  नियन्त्रणमा लिएको पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) किशोर लम्सालले जानकारी दिए ।

    उनका अनुसार आफ्नै छोरीलाई बाल यौन शोषण सामग्री देखाएर बलात्कार गरेको र उक्त घटनाको भिडियो समेत गुगल ड्राइभमा सङ्ग्रह गरेको खुलासा भएको छ । डिजिटल प्रविधिको दुरुपयोग गरी आफ्नै छोरीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा बुवालाई  पक्राउ गरि अनुसन्धान थालिएको उनले बताए ।

    पक्राउ परेका बुवाको परिचय भने प्रहरीले गोप्य राखेको छ । उनी विरुद्ध करणी सम्बन्धी कसुर तथा विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको मुद्दामा अनुसन्धान सुरु गरेको प्रहरीले जारी गरेको विवरणमा उल्लेख गरेको छ।

    उनी विरुद्ध पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप भैसकेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट