Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

माइतीघरमा स्वास्थ्य कर्मीहरु को धर्ना

माइतीघरमा स्वास्थ्य कर्मीहरु को धर्ना

  • काठमाडौं । स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यान्वयन सङ्घर्ष समितिले विभिन्न माग सहित धर्ना दिएको छ।

    onlinepatrika
    Arghakhachi

    बुधबार काठमाडौंको माइतीघरमा मन्त्रिपरिषद्बाट पारित भएको न्यूनतम तलब नपाएको तथा चिकित्सा शिक्षा आयोगको निर्णय अनुसार प्राइभेट कलेजलाई सेवा सुविधादिने भनिएता पनि प्राइभेट मेडिकल कलेजहरुले नमानेको भन्दै स्वास्थ्यकर्मीहरुले धर्ना दिएका हुन् ।

    AGNI GROUP

    धर्नामा सहभागी डा.राजु चौधरीले न्यूनतमतलब ४८ हजार दिइने भनेर मन्त्रिपरिषद्बाट नै पास भइसकेको अवस्थामा पनि प्राइभेट मेडिकल कलेजहरुले नमानेको कारण सडकमा आउनु परेको बताए । माग पूरा नभए सम्म सडकमा आउने उनले जानकारी दिए ।

    उनले भने,‘मन्त्रिपरिषद्बाट नै पास भइसकेको अर्थात न्यूनतमतलब ४८ हजार दिइसक्नुपर्ने थियो । त्यो अझै पनि कार्यान्वयमा आइसकेको छैन् । त्यसको विरोधमा यहाँ आएको छौं । जुनपत्रचार भइसकेको छ । प्राइभेट मेडिकल कलेजहरुले यो नमानेको अवस्था छ । हामीहाम्रो माग पूरा नभए सम्म सडकमा आइराख्छौं र हाम्रो माग पूरा गराएर नै छाड्छौं । उहाँहरुको नियत र नीति प्रति हाम्रो असमर्थन छ । यो महंगीको जमानामा १९ हजार आठ सय तलबबाट गुजारा गर्न कठिन छ यो त बुझ्नु पर्यो ।’

    प्रदर्शनकारीहरुले ‘स्वास्थ्य शिक्षा माथिको चरम व्यापारी करण नियन्त्रण गर, पीजी सिटको कालोबजारी बन्द गर’ जस्ता प्लेकार्ड बोकेका छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट