Jun 08 2026 | २०८३, जेठ २५ गते
काठमाडौं । चौदण्डीगढीमा कार दुर्घटना हुँदा चार जना घाइते भएका छन्। मदन भण्डारी लोकमार्गअन्तर्गत चौदण्डीगढी नगरपालिका–६ सातधारेमा बुधबार दुर्घटना भएको हो।
प्रहरीका अनुसार मोरङको केराबारीबाट काठमाडौं जाँदै गरेको बीएबी ५४९२ नम्बरको कार अनियन्त्रित भई दुर्घटना भएको हो ।
दुर्घटनामा कार चालक मोरङको केराबारी गाउँपालिका–८ का ४७ वर्षीय विनोद भट्टराई, उनका छोरा ११ वर्षीय सम्पन भट्टराई, श्रीमती ४२ वर्षीया रीता भट्टराई र कारमा सवार ललितपुर उपमहानगरपालिका–४ जावलाखेलका ४८ वर्षीय त्रिपुरा सत्याल घाइते भएका हुन् ।
सबैको बेल्टारस्थित नगर अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक प्रमोद साहले जानकारी दिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij