Jun 08 2026 | २०८३, जेठ २५ गते
काठमाडौं । तीनकुने घटनामा सार्वजनिक सम्पत्ति तोडफोड गरेको आरोपमा थप एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक बलेफी गाउँपालिका-६ घर भएका १८ वर्षीय रन्जित बस्नेत रहेका छन् । उनलाई प्रहरीले सिन्धुपाल्चोकको बलेफीबाट पक्राउ गरेको हो ।
चैत १५ गते राजावादी आन्दोलनको क्रममा बस्नेतलाई जडिबुटीस्थित सडकमा जडान गरिएको ट्राफिक बत्ती, जडिबुटी उत्पादन तथा प्रशोधन केन्द्रको कार्यालय, उक्त स्थानमा पार्किङ गरि राखेका सरकारी तथा निजी सवारी साधन तोडफोड,आगजनी गर्ने कार्यमा संग्लग्न पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।
यसअघि उक्त घटनामा सम्लंग्न भएको आरोपमा केही युवाहरुलाई पक्राउ गरेको थियो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij