Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

परोपकार प्रसुति अस्पतालमा सिमुलेशन ल्याबको उद्घाटन

परोपकार प्रसुति अस्पतालमा सिमुलेशन ल्याबको उद्घाटन

  • काठमाडौं । मातृ तथा नवजात शिशुको उपचार तथा स्याहारका लागि दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालले सिमुलेशन ल्याब सञ्चालनमा ल्याएको छ । अस्पतालको कुपण्डोलस्थित भवनमा निर्माण सम्पन्न ल्याबको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सोमबार उद्घाटन गरेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    ल्याबमार्फत नर्सिङ्ग, अनमी, मिडवाइफ तथा चिकित्सकहरुको सिकाइका लागि उपयोग हुने ल्याबमा उपचारका अभ्यास संचालन गर्न सकिन्छ । बिरामीलाई कुनै असर नपुर्याइकन प्रयोगात्मक सीपबाट दक्ष बनाउने उद्देश्यले निर्मित ल्याबलाई अमेरिकी दातृ संस्था युएसएडमार्फत अमेरिकी च्यारिटी वन हार्ट वल्र्डवइडले आर्थिक सहयोग गरेको हो ।

    AGNI GROUP

    यस ल्याबले देशैभरका मातृ शिशु उपचारमा संल्गन जनशक्तिलाई केन्द्रीयस्तरको स्तरीय तालिम प्रदान गर्न सहजता मिलेको अस्पतालका निर्देशक डा. श्री अधिकारीले बताए । ल्याब उद्घाटन गर्दै मन्त्री पौडेलले आमा र शिशु दुवैको ज्यान सुरक्षित बनाउन क्षमतावान जनशक्ति उत्पादनमा ल्याबले महत्वपूर्ण योगदान खेल्ने विश्वास व्यक्त गरे ।

    यो ठूलो कुराजस्तो नदेखिएला, उनले भने, तर मातृ शिशुको सुरक्षामा यसले पहिलो महत्वपूर्ण शुरुवात गरेको छ। अस्पतालले प्रतिष्ठानसरह मातृ शिशुका क्षेत्रमा काम गर्ने जनशक्तिको क्षमता विकासमा योगदान गरिरहेको भन्दै मन्त्री पौडेलले सातै प्रदेशमा यस्ता केन्द्र विकास अघि बढाइने बताए ।

    ‘हामी अब बाँकी ६ प्रदेशमा पनि मातृशिशुको विशिष्टकृत उपचार र जनशक्ति विकासका काम क्रमैसँग अघि बढाउनेछौं’ उनले भने । मन्त्री पौडेलले मातृशिशु स्याहारका क्षेत्रमा आगामी बजेटमा थप लगानी गर्ने गरी बजेट विनियोजन गर्ने समेत घोषणा गरे ।

    २०१६ सालमा स्थापित अस्पतालले हाल झण्डै पाँच सय शैय्या क्षमतामा बिरामीको उपचार गरिरहेको छ । मन्त्री पौडेलले जिम्मेवारी सम्हालेयता अस्पतालले नयाँ भवनबाट विशिष्टीकृत सेवा अन्तर्गत निसन्तान उपचार सेवा, परिवार नियोजन सेवा र सुरक्षित गर्भपतन सेवा शुरु गरेको निर्देशक श्री अधिकारीले बताए । 

    पुरानो भवनको गाइनोकोलोजी सेवासमेत नयाँ भवनमा स्थानान्तरण गरेर सेवा दिने योजना रहेको निर्देशक अधिकारीले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट