Jun 08 2026 | २०८३, जेठ २५ गते
काठमाडौं । कवाड सङ्कलकको साइकल खोस्ने काठमाडौं महानगरपालिकाका नगर प्रहरीलाई जिम्मेवारीबाट हटाइएको छ ।
बालुवाटार क्षेत्रमा मङ्गलबार बिहान कवाडी सङ्कलन गर्न हिँडेका एक मजदुरको साइकल नगर प्रहरीले खोसेको थियो ।
“…महानगर प्रहरी बलले सम्पादन गर्ने कार्य गर्दा अमर्यादित तथा गैह्रव्यवसायिक ढङ्गले सम्पादन गरेको सामाजिक सञ्जालमा आएको देखिएकोले निजहरुलाई उक्त जिम्मेवारीबाट मुक्त गरि महानगर प्रहरी ऐन, २०८० वमोजिम आवश्यक कारवाहीको लागि महानगर प्रहरी बलको कार्यालयमा तानिएको छ ।” महानगर प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । तर, क-कसलाई जिम्मेवारीबाट हटाइयो भनेर विज्ञप्तिमा खुलाइएको छैन ।
महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेकाअनुसार इन्सपेक्टर शम्भु विष्टको टोली त्यहाँ खटिएको थियो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij