Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

बिक्री घटेपछि रोकियो सिटामोल उत्पादन

बिक्री घटेपछि रोकियो सिटामोल उत्पादन

  • काठमाडौं । नेपाल औषधि लिमिटेडको चर्चित ब्रान्ड सिटामोलको उत्पादन  करिब महिनादिन देखि रोकिएको छ। 

    onlinepatrika
    Arghakhachi

    गत वर्षको तुलनामा यो वर्ष सरकारी निकायले सिटामोल खरिद नगरेको तथा मौज्दातमा धेरै रहेको हालका लागि उत्पादन बन्द गरिएको नेपाल औषधि लिमिटेडले जानकारी दिएको छ ।

    AGNI GROUP

    नेपाल औषधि लिमिटेडका महाप्रबन्धक कैलाश पनेरुका अनुसार गत वर्ष बिक्री भएको अनुपातका आधारमा यस वर्ष सिटामोलको उत्पादन गरिएपनि उत्पादन अनुसार बिक्री नहुँदा हाललाई सिटामोलको उत्पादन बन्द गरिएको हो ।

    पनेरुले थपे ‘फिनिस्ड प्रोडक्ट’को म्याद सकिने समय दुई वर्ष मात्र हुन्छ’,अहिले बनाएको औषधि अर्को आर्थिक वर्षमा बेच्दा‘निअर एक्सपाइरी’को अवस्थामा हुन्छ, कसैले किन्दैनन् ।’  लिमिटेडले दुई सिफ्टमा गरी एक दिनको ३ लाख २० हजार ट्याब्लेट सिटामोल उत्पादन गर्दै आएको पनेरु बताउँछन् । 

    औषधि उत्पादन १० प्रतिशतले बढाएको भए पनि गत वर्षको जति पनि औषधि उत्पादन गर्न नसकिएको उनको भनाइ छ । उनले निजी औषधि कम्पनीहरुको विभिन्न ‘स्किम तथा भारी छुटुको व्यवस्था गरेका कारण औषधि लिमिटेडको सिटामोलले बजारमा प्रतिस्पर्धा गर्न समस्या भइरहेको बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट