Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

शुभयात्रा कलेक्सन प्रालि

शुभयात्रा कलेक्सनको दोस्रो शाखा बानेश्वरमा

शुभयात्रा कलेक्सनको दोस्रो शाखा बानेश्वरमा

स्पिनिङ ह्वीलमा ७५ प्रतिशतसम्म छुट

  • बाठमाडाैं । शुभयात्रा कलेक्सन प्रालिले नयाँ बानेश्वरमा नयाँ आउटलेट सुरू गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    उच्च शिक्षा हासिल गर्नका लागि अन्तराष्ट्रिय मुलुक जाने विद्यार्थीहरूलाई लक्षित गर्दै एकै छानामूनी विदेश लैजान आवश्यक सबै सामान उपलब्ध गराउँदै आएको यस कम्पनीले आफ्नो शाखा बानेश्वरमा शुक्रबारदेखि सञ्चालनमा ल्याएको हो ।

    AGNI GROUP

    कम्पनीका अध्यक्ष दर्शन खनालका अनुसार नयाँ आउटलेटमा लत्ताकपडा, युटेन्सिल्स, इलेक्टोनिक्स् सामान, जुत्ता, ब्यागेज, स्टेशनरी लगायतका विभिन्न सामानहरू उपलब्ध रहेको छ ।

    विदेशमा उच्च शिक्षाका लागि जान लागेका विद्यार्थीहरूको सामान पनि उपलब्ध गराइएको कम्पनीको भनाइछ । कम्पनीले सफारी, गोल्डस्टार जुत्ता तथा ३६५, एलभीडी लगायतका अन्य सामानहरू समेत आउटलेटमा राखेको छ ।

    साथै नयाँ आउटलेट शुरू गरिएको अवसरमा कम्पनीले स्पिनिङ ह्वीलमा ७५ प्रतिशतसम्म छुटको समेत व्यवस्था गरेको अध्यक्ष खनालले जानकारी दिए । उनका अनुसार यो अफर एक साताका लागि मात्र मान्य हुनेछ ।

    करीब साढे २ वर्षदेखि काठमाडौंको पुतलीसडकमा सञ्चालन हुँदै आएको शुभयात्रा कलेक्सनको यो दोस्रो शाखा हो । विद्यार्थीहरूको मागलाई लक्षित गर्दै कम्पनीले अन्य स्थानमा पनि शाखा सञ्चालन गर्ने खनालले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट