Jun 08 2026 | २०८३, जेठ २५ गते
काठमाडौं । अग्नि ग्रुप-बालाजु अटो वर्क्सले रौतहटमा महिन्द्राको नयाँ ‘टुएस’ सेवा केन्द्र सञ्चालनमा ल्याएको छ।
नेपालका लागि महिन्द्राका आधिकारिक वितरक अग्नि ग्रुपले सेवा विस्तारमार्फत ग्राहकलाई सहज, सुलभ र स्तरीय सेवा दिने लक्ष्य राखेको छ । कार्यक्रममा पूर्व उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री समीर भट्टराई, महिन्द्राको सर्भिस कन्ट्री म्यानेजर सोमनाथ धर, बालाजु अटो वर्क्सका सर्भिस हेड शिव सुदन श्रेष्ठ, तथा गरिमा मोटर्सका प्रबन्ध निर्देशक कुन्दन चौधरीसहित विभिन्न अतिथिहरूको उपस्थिति थियो ।
शिव सुदन श्रेष्ठले उद्घाटन समारोहमा मन्तव्य दिँदै भने, हामी दक्ष प्राविधिक र उन्नत उपकरणका साथ सेवा केन्द्र विस्तार गरिरहेका छौं । यसले क्षेत्रीय ग्राहकलाई सहज र गुणस्तरीय सेवा सुनिश्चित गर्नेछ ।
नयाँ सेवा केन्द्रले रौतहट तथा आसपासका क्षेत्रका महिन्द्रा गाडी प्रयोगकर्तालाई सहज पहुँच र समयमै सेवा दिने उद्देश्य राखेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij