Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

सर्लाही भन्सारमा राजस्व सङ्कलन घट्यो

सर्लाही भन्सारमा राजस्व सङ्कलन घट्यो

  • काठमाडौं । जिल्ला भन्सार कार्यालय सर्लाहीले चालु आर्थिक वर्षको चैतसम्म ४१ करोड बढी राजस्व सङ्कलन गरेको छ ।
    आर्थिक वर्ष २०८१/८२ को चैतसम्म कुल ४१ करोड ७४ लाख ३३ हजार ४३३ राजस्व सङ्कलन भएको प्रमुख भन्सार अधिकृत ठाकुर आचार्यले जानकारी दिए। यस आवको नौ महिनामा चार महिनामात्र भन्सार कार्यालयले लक्ष्यअनुसार राजस्व सङ्कलन गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    पाँच महिना लक्ष्यभन्दा कम राजस्व सङ्कलन भएको उनले बताए ।

    AGNI GROUP

    भन्सारबाट हाल सङ्कलन भएको राजस्व लक्ष्यको ९५ दशमलव ०४ प्रतिशतमात्र हो । आवको सुरु महिना साउनमा लक्ष्यको १११ दशमलव ०८ प्रतिशत अर्थात् चार करोड ९४ लाख ४१ हजार ५५५ सङ्कलन भएको थियो ।

    दोस्रो महिना भदौमा लक्ष्यको अत्यधिक कम ४३ दशमलव ७१ प्रतिशत अर्थात् रु दुई करोड १३ लाख ७५ हजार ६३८ मात्र राजस्व सङ्कलन भएको तथ्याङ्कमा उल्लेख छ ।

    यस्तै असोजमा लक्ष्यको ६७ दशमलव २२ प्रतिशत अर्थात् दुई करोड ८० लाख ५३ हजार ८४५ राजस्व सङ्कलन भएको छभने कात्तिकमा ९० दशमलव ९३ प्रतिशत चार करोड १८ लाख १७ हजार ६३१, मङ्सिरमा १२४ दशमलव ३१ प्रतिशत छ करोड ७२ लाख ४९ हजार २९४, पुसमा अहिलेसम्मकै धेरै १२७दशमलव३७ प्रतिशत अर्थात् छ करोड ७९ लाख नौ हजार ६०१ सङ्कलन भएको कार्यालयले जनाएको छ ।

    कार्यालयको तथ्याङ्कानुसार माघमा लक्ष्यको ११७ दशमलव ७५ प्रतिशत अर्थात् पाँच करोड ९३ लाख ४६ हजार ८२८, फागुनमा ९२ दशमलव ५८ प्रतिशत अर्थात् चार करोड ९३ लाख २९ हजार र चैतमा लक्ष्यको ७१ दशमलव ७८ प्रतिशत अर्थात् तीन करोड ६५ लाख ७१ हजार ५१० राजस्व सङ्कलन भएको कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत डम्बरबहादुर बस्नेतले जानकारी दिए । यस वर्ष तरकारी आयात गत वर्षको भन्दा कम भएकाले राजस्व सङ्कलन लक्ष्यअनुसार हुन नसकेको उनले बताए ।

    यस भन्सार कार्यालयबाट प्लाइ निर्यात हुने गरेको छभने प्लाइ उद्योगका लागि आवश्यक सामग्री, थोरै मात्रामा धान, तरकारीलगायत सामान आयात हुँदै आएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट