Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

शिक्षक आन्दोलन

बिजुलीबजारमा पत्रकार कार्की घाइते

बिजुलीबजारमा पत्रकार कार्की घाइते

प्रहरीद्वारा फ्याँकिएको पानीको फोहरा लागेर पत्रकार सविना कार्की घाइते भएकी छन् ।

  • काठमाडौं । शिक्षक आन्दोलनका सहभागीले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीद्वारा फ्याँकिएको पानीको फोहरा लागेर पत्रकार सविना कार्की घाइते भएकी छन् । प्राइम टेलिभिजनमा कार्यरत पत्रकार कार्की रिपोर्टिङका क्रममा बिजुलीबजार पुगेकी थिइन् ।

    onlinepatrika
    Arghakhachi

    ‘उहाँ एक्कासी कराउन थालेपछि प्रहरीकै टोलीले उद्धार गरेर अस्पताल पुर्‍याएको छ’, जिल्ला प्रहरी काठमाडौंका प्रवक्ता अपिलराज बोहोराले भने, ‘पहिला वीर अस्पताल लग्यौं, आँखामा चोट देखिएपछि तिलगंगा आँखा अस्पतालमा अहिले उपचार भइरहेको छ ।’

    AGNI GROUP

    उपचाररत पत्रकार कार्कीले पनि पानीको फोहोराले आँखामा असर गरेको बताएकी छन् । अस्पताल ल्याउँदा उनको आँखाबाट रगत बगिरहेको थियो । अस्पतालमा आँखाको परीक्षणहरू भइरहेको छ । सुरुमा ब्यान्डेज गरिए पनि रगत थामिएपछि खोलिएको त्यहाँ रहेका नेपाल प्रेसकर्मी उमेश कार्कीले जानकारी दिए । प्रारम्भिक परीक्षणमा कार्कीको आँखाको दृष्टि नगुमेको डाक्टरहरुले बताएका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट