Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

नेपाल तेक्वान्दो संघ

धादिङमा बागमती प्रदेशस्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता हुँदै

धादिङमा बागमती प्रदेशस्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता हुँदै

नेपाल तेक्वान्दो संघ धादिङ तथा अन्तर्राष्ट्रिय धादिङ समाजको सहआयोजनामा धादिङबेँसीमा बागमती प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता हुने

  • काठमाडौं । जय नेपाल स्पोर्ट्स धादिङको आयोजना तथा नेपाल तेक्वान्दो संघ धादिङ तथा अन्तर्राष्ट्रिय धादिङ समाजको सहआयोजनामा धादिङबेँसीमा बागमती प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता हुने भएको छ ।

    onlinepatrika
    Arghakhachi

    प्रतियोगिता यही २५ देखि २७ वैशाखसम्म धादिङबेँसीको कभर्डहलमा सञ्चालन हुनेछ ।

    AGNI GROUP

    आयोजकले प्रदेशका १२०० खेलाडीले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने अनुमान गरेको छ । विजयी टिमलाई १ लाख, उपविजेतालाई ६५ हजार र तृतीयलाई ३५ हजार नगद पुरस्कार प्रदान गरिनेछ । साथै, विजेता खेलाडीहरूलाई स्वर्ण, रजत र कास्य पदक प्रदान गरिने पनि जनाइएको छ ।

    त्यस्तै, उत्कृष्ट महिला र पुरुष खेलाडीलाई नगद १०र१० हजार पुरस्कार दिइने जय नेपाल स्पोर्ट्सका अध्यक्ष अनिश अधिकारीले बताए । प्रतियोगिताको उत्कृष्ट महिला खेलाडीले हर्टल्यान्ड एकेडेमी सेन्टर फर उमन बालाजुमा कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्तिमा अध्ययनको अवसर पाउनेछन् ।

    त्यस्तै, जेहेनदार २ महिला खेलाडीलाई ७५ प्रतिशत छुट र अन्य ५ जना महिला खेलाडीलाई ५० प्रतिशत छुटमा हर्टल्यान्ड एकेडेमी सेन्टर फर उमन वाफलमा अध्ययनको अवसर पाउने आयोजकले जनाएका छन् । खेल अवधिभर सम्पूर्ण खेलाडीलाई आयोजकले बिहान र बेलुकीको खानाको व्यवस्था गर्ने पनि जनाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट