Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

शव फेला

खेतमा गाडिएको अवस्थामा बालकको शव फेला

खेतमा गाडिएको अवस्थामा बालकको शव फेला

करिब ९ वर्षका बालकको शव फेला

  • काठमाडौँ । बाँकेको बैजनाथ गाउँपालिका–४, नउलापुरमा खेतमा गाडेको अवस्थामा करिब ९ वर्षका बालकको शव फेला परेको छ।

    onlinepatrika
    Arghakhachi

    बाँकेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक रेशम पौडेलका अनुसार बालक कोहलपुरमा डेरा गरी बस्ने यशोदा बुढाका छोरा भएको पुष्टि भएको बताए ।

    AGNI GROUP

    कुशलको शवलाई सानो खाल्डो खनेर गाडिएको थियो । बाख्रा चराउन गएका मान्छेले बालकको खुट्टा देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी गएर शव निकालेको हो ।

    कोहलपुर माविमा कक्षा ३ मा पढ्ने कुशल वैशाख ८ गतेदेखि हराइरहेको भन्दै आमा यशोदले ९ गते इलाका प्रहरी कार्यालय, कोहलपुरमा निवेदन दिएकी थिइन् ।

    प्रहरीका अनुसार, कुशलका बुबाको मृत्य भइसकेको र आमाले दोस्रो बिहे गरेकी थिइन् । प्रहरीले घटनाको बारेमा अनुसन्धान लागि आमा र सौतेनी बुबालाई नियन्त्रणमा लिएको जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट