Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

साधारणसभा

मोबाइल व्यवसायी महासङ्घको चौथो साधारणसभा

मोबाइल व्यवसायी महासङ्घको चौथो साधारणसभा

साधारणसभाको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले गर्ने मंगलबार हेटौँडामा पत्रकार सम्मेलन गर्दै

  • काठमाडौं । नेपाल मोबाइल व्यवसायी महासङ्घको चौथो साधारणसभा बागमती प्रदेशको राजधानी हेटौँडामा हुने भएको छ । वैशाख २७ गते हेटौँडामा हुने साधारणसभाको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले गर्ने मंगलबार हेटौँडामा पत्रकार सम्मेलन गर्दै जानकारी दिइएको हो।

    onlinepatrika
    Arghakhachi

    महासङ्घका केन्द्रीय उपाध्यक्ष तथा साधारणसभा मूल आयोजक समितिका संयोजक छतेन्द्र आचार्यले साधारणसभामा देशभरबाट करिब एक हजार मोबाइल व्यवसायी सहभागी हुने जानकारी दिए।

    AGNI GROUP

    साधारणसभामा देशभरका ६० जिल्ला, ७ प्रदेश र महासङ्घ केन्द्रीय नेतृत्व गरी करिब एक हजार व्यवसायी सहभागी हुने छन् । झ आचार्यले पत्रकार सम्मेलनमा भने।

    हेटौँडा साधारणसभामा मोबाइल व्यवसायीका साझा समस्याका रूपमा रहेका विषयलाई एजेन्डाको विषय बनाइने केन्द्रीय उपाध्यक्ष तथा आयोजक समितिका संयोजक आचार्यले जानकारी दिए । उनका अनुसार मोबाइल खरिदबिक्री, सेकेन्ड ह्यान्ड कारोबार, मर्मत लगायतमा देखिएका नीतिगत समस्याका विषयमा साधारणसभामा छलफल हुनेछ ।

    यसैगरी मोबाइल विक्रीमा देखिएको अस्वाभाविक प्रतिस्पर्धा र यसले व्यवसायमा पारेको असर तथा समाधानका उपायहरूबारेमा पनि खुला र बन्द सत्रमा छलफल हुनेछ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट