Logo

May 04 2025 | २०८२, वैशाख २१ गते

May 04 2025 | २०८२, वैशाख २१ गते

खराब मौसम

लुक्ला र माउन्टेन फ्लाइट ठप्प

लुक्ला र माउन्टेन फ्लाइट ठप्प

काठमाडौं विमानस्थलबाट हुने लुक्ला र माउन्टेन फ्लाइट ठप्प भएको छ ।

  • काठमाडौं । खराब मौसमका कारण काठमाडौं विमानस्थलबाट हुने लुक्ला र माउन्टेन फ्लाइट ठप्प भएको छ ।

    images
    images
    images

    आइतबार विहानैदेखि बिग्रिएको मौसमका कारण अन्तरिक उडानका लागि काठमाडौं बाट लुक्लाको लागि तय भएका कुनै पनि उडान भएको छैन् ।

    माउन्टेन फ्लाइटका लागि बुद्ध, यति र श्री एयरलाइन्सले तय गरेका सबै उडान आजको लागि रद्द भएको छ । बुद्ध एयरले एउटा माउन्टेन फ्लाइट लागि गरेकाे एउटा प्रयास मौसमका कारण सफल हुन सकेन ।

    माउन्टेन फ्लाइटका लागि बुद्धको जहाज उडेको भएपनि बीचैबाट डाइभर्ट भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले बताए ।

    रिन्जीका अनुसार कुवेतबाट काठमाडौं आउँदै गरेर जजीरा एयरलाइन्स इनरुट वेदरका कारण वनारस डाइभर्ट भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij