
May 06 2025 | २०८२, वैशाख २३ गते
काठमाडौं । मङ्गलबार नेपाली बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ ।
सुनको मूल्य तोलामा पाँच हजार ३०० रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
मङ्गलबार छापावाल सुन तोलामा १ लाख ८९ हजार ९०० रुपैयाँले कारोबार भइरहेको छ ।
सोमबार भने सुनको मूल्य सामान्य बढेको थियो । तोलामा ५०० रुपैयाँले बढेर १ लाख ८४ हजार ६०० मा कारोबार भएको थियो ।
यस्तै मङ्गलबार चाँदीको मूल्य पनि बढेको छ । तोलामा ५५ रुपैयाँले बढेको महासङ्घले जनाएको छ ।
चाँदी मङ्गलबार तोलामा १ हजार ९१० रुपैयाँले कारोबार भइरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij