Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

मिश्रलाई रिहा गर्न मागसहित रिले अनशन

मिश्रलाई रिहा गर्न मागसहित रिले अनशन

  • काठमाडौं । राप्रपाका नेता रवीन्द्र मिश्रलगायत सबैको रिहाइको माग गर्दै राष्ट्रवादी देशभक्त जनता नामक संगठनले पाँचौँ दिन पनि रिले अनशन जारी राखेका छन् ।  

    onlinepatrika
    Arghakhachi

    चैत्र १५ गते काठमाडौंमा भएको घटनाका आधारमा आफ्ना नेताहरूमाथि लगाइएको झुटा मुद्दा खारेज गर्दै मिश्र लगायत सबैको रिहाइको माग गर्दै उनीहरूले ललितपुरको जावलाखेलमा रिले अनशनलाई जारी राखेका हुन् ।

    AGNI GROUP

     उनीहरूले झुटा मुद्दा खारेज गर, राष्ट्रवादीहरूलाई रिहा गर, विधिको सुशासन कायम गर, नागरिक स्वतन्त्रता हक कायम गर लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

    रिले अनशनको पाँचौँ दिन राप्रपाका केन्द्रीय सदस्य उदयराज पोखरेल लगायतका नेताहरू सहभागी भएका छन् । पोखरेलले चैत्र १५ गतेको घटनामा झुटा मुद्दा लगाएर पक्राउ परेकाहरूलाई छिटो भन्दा छिटो रिहा गर्नुपर्ने बताए ।

    उनले आफूहरूको आन्दोलन नरोकिने भन्दै आफ्ना माग मुद्दा स्थापित भएरै छाड्ने उल्लेख गरे । मिश्र लगायतका नेताहरू चैत १५ गते राजावादीहरूले गरेको प्रदर्शनका क्रममा पक्राउ परेका थिए ।   

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट