Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

भासिएको गाडी अझै भेटिएन

भासिएको गाडी अझै भेटिएन

खानी तथा भूगर्भ विभागका विज्ञहरूले स्थलगत अध्ययन थालेका छन्।

  • काठमाडौँ । हेटौँडाको गैरीगाउँमा जमिन भासिएर एक गाडी बेपत्ता भएपछि त्यसको खोजीमा खानी तथा भूगर्भ विभागका विज्ञहरूले स्थलगत अध्ययन थालेका छन् ।

    onlinepatrika
    Arghakhachi

    गतशुक्रबार ना ४ च ४८३३ नम्बरको गाडीघाँस काट्ने मेसिनसहित रोकिराखिएको अवस्थामा अचानक जमिन भासिँदा बेपत्ता भएको थियो। यता, गाडीको अत्तोपत्तो नलागेपछि हेटौँडा उपमहानगरपालिकाले भूगर्भविद् टोलील्याएर अनुसन्धान अघिबढाएको छ।

    AGNI GROUP

    मङ्गलबार बिहान ९ बजे बाट खानी तथा भूगर्भ विभागका वरिष्ठ भूगर्भविद् नारायण अधिकारीको नेतृत्वमा अध्ययन कार्य आरम्भ भएको हो। टोलीमा भूगर्भविद् कृष्णपाण्डे, मणी खनाल सहित चार जना विशेषज्ञ समावेश छन्। उनीहरूले दिनभरि अध्ययन गर्दै बेलुका ७ बजेसम्म विभिन्न वैज्ञानिक प्रविधिको प्रयोग गरेर घटना स्थलको विश्लेषण गरेका छन्।

    अध्ययन टोलीले विशेष रूपमा ‘प्रोटोन म्याग्नेटो मिटर’ र ‘पावर अगर’ नामक प्रविधिको प्रयोग गरेको छ। म्याग्नेटो मिटर चुम्बकीय क्षेत्रका आधारमा फलाम जन्य वस्तुहरू पहिचान गर्न प्रयोग गरिन्छ, भने पावर अगर विधि जमिनमा सानो सुरुङ खनेर भित्रीबनावट पत्ता लगाउने ड्रिलिङ प्रणाली हो। प्रारम्भिक अध्ययनमा भूगर्भविद्ले जमिनको सतह, माटोको प्रकृति, भूगर्भिक बनावट, जमिनको शक्ति र दलदलहुने सम्भाव्यता समेत परीक्षण गरेका थिए।

    भूगर्भविद् अधिकारीकाअनुसार सो क्षेत्रको भूगर्भिक बनावट अत्यन्तै कमजोर र तरलता युक्त पाइएको छ। जमिनको माथिल्लो सतहमा केही मात्रामा कडा माटो भए पनि तल्लो तहमा बालुवा र दलदल मिश्रित माटो रहेको स्पष्ट गरिएको छ। त्यस्तै, पाँच मिटर तलै देखि बालुवा युक्त तह फेला परेको छ, जुन भूगर्भिक दृष्टिले जोखिम युक्त मानिन्छ।

    त्यहाँको माटोमा प्रेसर उत्पन्न हुँदा जमिन तरल हुने अवस्था सिर्जना भएको अनुसन्धानमा खुलेको छ। वैज्ञानिक भाषामा यस्ता क्षेत्रलाई “सेयर स्ट्रेन्थ”शून्यहुने स्थान मानिन्छ, जसमा कुनै पनि प्रकारको गति शील लोड या दबाब परेमा माटो ठोस नहुन सक्छ र तरल अवस्थामा परिणतहुन सक्छ। यही प्रकृतिका कारण गाडी जमिनमा भासिएको हुनसक्ने भूगर्भविद्को अनुमान छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट