Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

हुलाकी राजमार्ग

हुलाकी राजमार्गको काम अन्तिम चरणमा

हुलाकी राजमार्गको काम अन्तिम चरणमा

  • काठमाडौं । हुलाकी राजमार्गको काम अन्तिम चरणमा पुगेको छ । कञ्चनपुरको डोके बजार देखि बेदकोट नगरपालिकाको दैजी सम्मको ६२ किलोमिटर सडक तीन खण्डमा निर्माणका लागि २०७३ फागुनमा सम्झौता भएको थियो ।

    onlinepatrika
    Arghakhachi

    केही भागमा विवादका कारण निमार्ण ढिलाइ भए पनि ४४ किमी सडक कालोपत्र भएको छ । हुलाकी राजमार्ग योजना कार्यालय, धनगढीका प्रमुख मुकुन्द लामिछानेले राजमार्गको तीन वटाखण्ड मध्ये एउटा खण्ड निमार्ण सम्पन्न भएको जानकारी दिए ।

    AGNI GROUP

    पहिलो खण्डमा मर्मत र रङ्गरोगनको काम मात्र बाँकी छ । अन्य दुई खण्डको कालोपत्रेको काम पनि अन्तिम चरणमा छ। ‘बेलौरीको ककत्तामा केही विवादका कारणले दोस्रो खण्डको ८८ मिटर सडक निमार्ण हुन सकेको छैन’, उनले भने, ‘उक्त ठाउँमा विवाद भइराख्ने भएकाले निमार्ण कम्पनीले काम गर्न सक्ने अवस्था छैन ।’ २२ किमीको तेस्रो खण्डमा ११ किलोमिटर कालोपत्रेको काम बाँकी छ । डोकेबजार देखि बेलौरी सम्मको पहिलो प्याकेजको २० किमी ३६ करोड ४७ लाखमा निमार्ण भएको हो । बेलौरी देखि बेल्डाडी सम्मको दोस्रो खण्ड २० किमी प्याकेजको लागत ४१ करोड ४१ लाख छ । हुलाकी सडकको तेस्रो खण्ड बेल्डाडी देखी दैजी सम्म २२ किमी छ ।

    दक्षिणी क्षेत्रका नागरिकले कञ्चनपुर सदरमुकाम महेन्द्रनगर आवतजावत गर्न भारतीय बाटो भएर धनगढी हुँदै आउनुपर्ने बाध्यता थियो । सरकारले डोके बजार देखी बेदकोट नगरपालिकाको दैजीसम्म ६२ किमी हुलाकी सडक निमार्ण गरेपछि भने यहाँका नागरिक लाई राहत मिलेको छ । कञ्चनपुरको दक्षिणी क्षेत्रमा पुर्नवास र बेलौरी नगरपालिका लाल झाडी र बेल्डाडी गाउँपालिका गरि चार पालिका छन्। चार वटै पालिकाको दक्षिणतर्फ भारतीय खुल्ला सीमानाका छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट