Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

'एमगज’ नामक जङ्गली हात्ती

रोकिएन हात्तीको आतङ्क

रोकिएन हात्तीको आतङ्क

कृषिबालीमा क्षति पुर्‍याइरहेको छ।

  • काठमाडौं । खुट्टामा गोली लागेर घाइते भएको ‘एमगज’ नामक जङ्गली हात्तीलाई यहाँको जुडिबेला र गैडाटारका किसानले औधी माया गर्थे। दया गरेर विभिन्न खानेकुरा दिन्थे, जसले हात्ती स्वस्थ हुँदै गयो। त्यही हात्ती अचेल यहाँका किसानका लागि समस्या भएको छ।

    onlinepatrika
    Arghakhachi

    गत कात्तिकदेखि चन्द्रपुर नगरपालिका–२ जुडिबेला र वडा नं ३ को गैडाटार क्षेत्रमा बस्दै आएको यस हात्तीले अचेल घर भत्काउन थालेको छ। कृषिबालीमा क्षति पुर्‍याइरहेको छ।

    AGNI GROUP

    जुडिबेलाका सुनिप पोखरेल पहिला मर्ला भन्ने डरले स्याहार गरिएको हात्तीले हाल कतिबेला पो मार्ने हो भन्ने उत्पन्न भएको बताउँछन्। ‘यो हात्ती बिरामी भएको बेला हामीले नै उपचारका लागि विभिन्न क्षेत्रमा पहल गर्‍यौँ, उपचार पनि भयो। खानेकुरा दियौँ, ज्यान तङ्ग्रियो। त्यो देखेर हामी निकै खुसी भएका थियौँ तर हाल त्यही हात्ती समस्या भयो। घर भत्काउने, खेतीमा नोक्सानी गर्ने गरिरहेको छ। अब त मान्छेलाइ नै कतिबेला मार्ने हो भन्ने डर बढेको छ’, उनले भने।

    हात्तीको आतङ्कले स्थानीय असुरक्षित भएको सोही वडाको पुलामीटोल निवासी उत्तम खड्काले गुनासो गरे। पुलामीटोलकै नजिक हर्दिया खोलाको पोखरीमा दिउँसभरि बस्ने र रात परेपछि हात्ती गाउँ पस्ने गरेको उनले सुनाए। हात्ती आतङ्का कारण केही समयदेखि स्थानीय जङ्गलमा घाँस दाउरा जानसमेत नसकिएको खड्काले बताए।

    यही हात्तीको आक्रमणबाट गत कात्तिक १६ गते फतुवा विजयपुर–११ रागी बुटुवा बस्ने ७० वर्षीया पातलीमाया तामाङको ज्यान गएको थियो। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट