Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

झापा

ट्रकको ठक्करबाट मृत्यु

ट्रकको ठक्करबाट मृत्यु

ठक्करबाट गए राति दमकमा स्कुटी चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

  • काठमाडौं । झापामा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । ठक्करबाट गए राति दमकमा स्कुटी चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    मृत्यु हुनेमा ताप्लेजुङ दोभानका २२ वर्षीय अङ्कित लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सोही घटनामा पाँचथर मिक्लाजुङ गाउँपालिका–४ का ४२ वर्षीया सृजना राई घाइते भएकी र उनको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ ।

    AGNI GROUP

    जिल्ला प्रहरीका प्रहरी प्रमुख राजन लिम्बूका अनुसार उनीहरू कामबाट कोठातर्फ फर्किँदै गर्दा गए राति दमक नगरपालिका–१ स्थित रवि स्टेण्डको गेटमा बेलडाँगीबाट दमकतर्फ आउँदै गरेको ग१ख ६४३७ नम्बरको ट्रकले फाल्गुनन्द चोकबाट बेलडाँगीतर्फ जाँदै गरेको मे८प ४५५८ नम्बरको स्कुटीलाई ठक्कर दिएको थियो ।

    घाइतेको दमक अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि बिर्तामोड स्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापछि ट्रक चालक फरार छन् भने ट्रक र स्कुटी प्रहरी नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट