
May 12 2025 | २०८२, वैशाख २९ गते
सरकारी स्वामित्वको बस मध्य पहाडी क्षेत्र कोटमाले हुँदै जाँदै गर्दा बिहान भीरबाट खसेको प्रहरीले जनाएको छ ।
काठमाडौं । श्रीलङ्कामा बौद्ध धर्मावलम्बी दर्जनौँ तीर्थयात्री चढेको बस आइतबार दुर्घटना हुँदा २१ जनाको मृत्यु हुनुका साथै १४ जना गम्भीर घाइते भएका छन् ।
सरकारी स्वामित्वको बस मध्य पहाडी क्षेत्र कोटमाले हुँदै जाँदै गर्दा बिहान भीरबाट खसेको प्रहरीले जनाएको छ ।
उक्त बसमा क्षमता भन्दा २० बढी अर्थात् करिब ७० जना यात्रु सवार रहेको र घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
चालक निदाएर दुर्घटना भएको हुनसक्ने बताइएको छ । दुर्घटनाका कारण घटना स्थलमा नै १५ र अन्य छ जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij