
May 12 2025 | २०८२, वैशाख २९ गते
आज छापावाल सुनको मूल्य तोलामा ३ हजार ७ सय रुपैयाँले घटेर १ लाख ८६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा भारी गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ३ हजार ७ सय रुपैयाँले घटेर १ लाख ८६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि आइतबार सुन तोलाको १ लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij