Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

विद्युत् उत्पादन

कुलेखानी तेस्रोबाट विद्युत् उत्पादन सुचारु

कुलेखानी तेस्रोबाट विद्युत् उत्पादन सुचारु

कुलेखानी तेस्रो जलविद्युत् आयोजनाबाट पुनः विद्युत् उत्पादन सुरु भएको छ ।

  • काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिकामा रहेको कुलेखानी तेस्रो जलविद्युत् आयोजनाबाट पुनः विद्युत् उत्पादन सुरु भएको छ ।

    onlinepatrika
    Arghakhachi

    बिग्रिएको एउटा युनिट मर्मत भएपश्चात कुलेखानी जलविद्युत् १४ दिनपछि पुनः सञ्चालनमा आएको हो ।
    १४ मेगावाट क्षमताको कुलेखानी तेस्रोको १५ वैशाखदेखि बन्द रहेको एउटा युनिटको जेनेरेटर प्लेटको मर्मत कार्य सकिएपछि सोमबार दिउँसोबाट दुवै युनिटबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन सुरु भएको कुलेखानी तेस्रोका प्रमुख प्रसन्नमणि ताम्राकारले जानकारी दिए ।

    AGNI GROUP

    एउटा युनिटको जेनेरेटर प्लेटमा समस्या भएपछि कुलेखानी तेस्रो आंशिक रूपमा मात्रै सञ्चालनमा रहेको थियो। मर्मतको क्रममा आइसोलेसन प्लेट फेर्ने, टर्बाइन र जेनेरेटरको एलाइनमेन्ट मिलाउने जस्ता काम गरिएको प्रमुख ताम्राकाले जानकारी दिए । मर्मत कार्यमा चिनियाँ तीन र नेपाली प्राविधिकसहित १८ जनको टोलीले मर्मत गरेको उनले बताए ।

    आयोजनाको एउटा युनिट बन्द हुँदा ७ मेगावाट मात्रै विद्युत् उत्पादन भइरहेको कुलेखानी तेस्रोको मर्मतपछि दुवै युनिटबाट पूर्ण क्षमतामा १४ मेगावाट विद्युत् उत्पादन भइरहेको तााम्राकारले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट