Jun 08 2026 | २०८३, जेठ २५ गते
काठमाडौं । प्रदेश अस्पताल दमौलीमा चिकित्सक नहुँदा प्रसूति सेवा प्रभावित भएको छ। अस्पतालमा शल्यक्रिया सेवा प्रभावित हुँदा गर्भवती लाई पोखरा, चितवन वा काठमाडौं पुर्याउनु पर्ने रेफर गर्नुपर्ने बाध्यता रहेको छ।
स्त्रीरोग विशेषज्ञ नहुँदा शल्यक्रिया सहितको विशेषज्ञ सेवा साढे दुई महिना अघि देखि प्रभावित भएको प्रदेश अस्पताल दमौलीका मेडिकल सुपरिटेन्डेन्ट डा.परिवर्तन बरालले जानकारी दिए। अस्पतालमा सामान्य अवस्थाका सुत्केरी सेवा सञ्चालनमा रहे पनि शल्यक्रिया (अप्रेशन) गर्नुपर्ने महिलालाई रेफर पठाउनुपर्ने बाध्यता रहेको उनले बताए।
गाइनोलोजिष्ट कुमार विष्ट सरुवा भएर भक्तपुर स्थित क्यान्सर अस्पताल गएपछि विशेषज्ञ सेवा प्रभावित भएको डा.बरालले बताए। उनले भने, गाइनोलोजिष्ट नहुँदा सेवा प्रभावित भएको सम्बन्धित निकायमा जानकारी गराएको छु, तर सुनुवाइ हुन सकिरहेको छैन।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij