Logo

May 13 2025 | २०८२, वैशाख ३० गते

May 13 2025 | २०८२, वैशाख ३० गते

मध्यपुर थिमिमा घरमा ठोक्कियो बस

मध्यपुर थिमिमा घरमा ठोक्कियो बस

  • ललितपुर । भक्तपुरमा बा ६ ख ५९९८ नम्बरको भक्तपुर–बागबजार रुटमा चल्ने बस मध्यपुर थिमिको निकोसेरास्थित स्थानीय सानुमाया धौबन्जारको घरमा ठोक्किएको छ । घरमा लगेर बस जोतेको आरोपमा प्रहरीले २० वर्षीय सहचालक अनिल खत्रीलाई पक्राउ गरेको छ ।

    images
    images
    images

    चालकले भक्तपुर ग्यारेजमा राखेको बस सहचालकले राति दुर्घटना गराएको प्रहरीले जनाएको छ । भक्तपुर–पेप्सिकोला सडकखण्डको निकोसेरामा गणेश मन्दिरलाई भग्नावशेषमा परिणत गर्दै बस स्थानीय सानुमाया धौबन्जारको घरमा ठोक्किएको हो ।

    दुर्घटनाबाट भौतिक क्षति भएपनि कुनै मानवीय क्षति भने नभएको जिल्ला प्रहरी बृत्त थिमिले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij