Jun 08 2026 | २०८३, जेठ २५ गते
काठमाडौं । नुवाकोटको सूर्यगढी नगरपालिका-१ की २८ वर्षीया विमला तामाङको हत्या गरी फरार भएका धादिङका गल्छी गाउँपालिकाका ४० वर्षीय रामचन्द्र पन्त पक्राउ परेका छन्।
गत चैत २९ गते काठमाडौं महानगरपालिका-२८ स्थित एक गेष्ट हाउसमा मृत फेला परेकी तामाङको हत्या गरी फरार भएका पन्त भारतबाट काठमाडौं फर्कंदै गर्दा काठमाडौंको नागढुङ्गा बाट पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
मंगलबार पक्राउ परेका हत्या आरोपी पन्तलाई प्रहरीले आज सार्वजनिक गरेको हो। प्रहरीले निजमाथि थप अनुसन्धान गरिरहेको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij