Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

तनाव व्यवस्थापन

सुरक्षाकर्मीलाई लक्षित गरेर तनाव व्यवस्थापन तालिम

सुरक्षाकर्मीलाई लक्षित गरेर तनाव व्यवस्थापन तालिम

प्रहरीहरुको व्यस्त कार्यशैली र दौडधुप धेरै हुने भएकाले पनि तनाव व्यवस्थापन कम  गर्न तालिम गरिएको हो ।

  • काठमाडौँ । प्रहरी जवान तथा अधिकृत लाई लक्षित गरेर पर्सामा तनाव व्यवस्थापन तालिम सञ्चालन गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय बिर्ताको संयुक्त आयोजनामा बिहीबार यहाँ तनाव व्यवस्थापन तालिम आयोजना गरिएको हो ।

    onlinepatrika
    Arghakhachi

    सो अवसरमा वडा प्रहरी कार्यालय बिर्तामा कार्यरत प्रहरी निरीक्षक निरोज चौलागाईले सुरक्षा निकायमा कार्यरत रहने प्रहरीहरुको व्यस्त कार्यशैली र दौडधुप धेरै हुने भएकाले पनि तनाव व्यवस्थापन कम  गर्न तालिम गरिएको बताउनुभयो ।

    AGNI GROUP

    ‘‘प्रहरीको जागिरको शिलशिलामा विहान उठ्ने बित्तिकै राति नसुतिन्जेल सम्म विभिन्न प्रकारका तनावको सामना गर्नुपर्ने भएकाले पनि तनाव व्यवस्थापनको विषय निकै अपरिहार्य जस्तै भइसकेको छ,’’ उहाँले भन्नुभयो,‘‘एउटा प्रहरीले राष्ट्रको सेवा, घरपरिवार र सेवाग्राहीलाई उच्च आचरण युक्त व्यवहार गर्नुपर्ने भएकाले पनि तनाव व्यवस्थापन महत्वपूर्ण पक्ष हो । त्यसैले हामीले यस्ता रचनात्मक खालका कार्यक्रम गर्दै आइरहेका छौं ।’’ 

    जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख लोकराज भट्टले प्रहरीले  उच्च मनोबलसहित काम गर्नुपर्ने भएकाले पनि बेलाबखतमा ‘रिफ्रेस’ गराउनको लागि पनि तनाव व्यवस्थापनको तालिम आवश्यकता पर्ने बताउनुभयो । ‘‘प्रहरी सेवामा कार्यरत रहँदा सधैं सजक र सर्तक भएर द्रुत गतिमा कार्य सम्पादन गर्नुपर्ने जिम्मेवारी रहन्छ । त्यो बेला प्रहरीमा तनाव उत्पन्न हुनु स्वाभाविक नै हो,’’ उहाँले भन्नुभयो,‘‘ प्रहरीमा उत्पन्न भएको तनाव व्यवस्थापनको विषय पनि प्रथामिकता राख्दै काम गर्नुपर्ने बेला भइसकेको छ ।’’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट