Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

छापा

कीर्ते कागज बनाउने कारखानामा प्रहरीको छापा

कीर्ते कागज बनाउने कारखानामा प्रहरीको छापा

काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर ७ फुटुङ्मा छापा मारेर उक्त कार्यमा संलग्न तीन जनालाई पक्राउ परेको छ ।

  • काठमाडौं। नक्कली कागजात बनाउने कारखानामा प्रहरीले छापा मारेको छ ।

    onlinepatrika
    Arghakhachi

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर ७ फुटुङ्मा छापा मारेर उक्त कार्यमा संलग्न तीन जनालाई पक्राउ परेको छ ।

    AGNI GROUP

    पक्राउ पर्नेमा गोरखाको भीमसेनथापा गाउँपालिका वडा नम्बर नम्बर १ घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर २ बस्ने ४६ वर्षीय अन्जन बयलकोटी, ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका वडा नम्बर ७ घर भई हाल काठमाडौंको बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १२ बस्ने २८ वर्षीय निर्मल खड्का र मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर २ छ्याङ्दुङ् घर भई हाल काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नम्बर १ दहचोक बस्ने २३ वर्षीया अञ्जु खत्री रहेकी छन् ।

    अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यका अनुसार यो गिरोहले फुटुङमा भाडामा लिएको घरमा नक्कली कागजात, रबर स्ट्याम्पलगायतका सामग्री तयार गर्दै आएका थिए ।

    पक्राउ मध्येका अन्जन बयलकोटीले विगत ८ वर्षदेखि सरकारी तथा गैर सरकारी कार्यालयका कगजात, विभिन्न स्थानीय तहको सिफारिस पत्र, विभिन्न शैक्षिक संस्थाका प्रमाणपत्रहरू, जग्गाधनी पुर्जा, सवारी चालक अनुमति पत्र, लगायतका कागजातहरू कीर्ते गरी नक्कली बनाई बिक्री वितरण गर्दै आएको प्रहरी अनुसन्धान बाट खुलेको छ ।

    भाडामा लिएको घरमा धमाधम कीर्ते कागजात बनाउन दुई जनालाई मासिक १० हजार तलबसमेत दिएर राखेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट