
May 16 2025 | २०८२, जेठ २ गते
काठमाडौं । चितवनको दिव्यनगरमा एक पुरुषले दुई बालबालिकाको हत्या गरेका छन् । भरतपुर महानगरपालिका-२५ का ४२ वर्षीय लीलाराज गिरीले खुर्पाले हानेर उनीहरूको विभत्स हत्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी रवीन्द्र खनालका अनुसार आज बिहान ९:५५ बजेको समयमा गिरीले दाइको छोरा ५ वर्षका साजन गिरीलाई खुर्पा प्रहार गरेका थिए । त्यसलगत्तै आफ्नै छोरी ७ वर्षीया प्रभा गिरीलाई पनि खुर्पा प्रहार गरेका थिए ।
साजनको घटनास्थलमै मृत्यु भएको थियो । छोरी प्रभाको चितवन मेडिकल कलेजमा उपचारका लागि ल्याइएकोमा त्यहीँ मृत्यु भएको अस्पतालका निर्देशक प्रताप देवकोटाले बताए ।
डीएसपी खनालका अनुसार भूपू आर्मी रहेका लीला गिरीको मानसिक अवस्था ठीक थिएन । उनले दुई बच्चापछि आफैँलाई पनि खुर्पा हानेका थिए । उनलाई पनि घाइते अवस्थामा उनलाई पनि चितवन मेडिकल कलेज ल्याइएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij