Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

म्याग्दी

श्रीमान्-श्रीमती मिलेर कामदारको हत्या

श्रीमान्-श्रीमती मिलेर कामदारको हत्या

आफ्नै घरमा मजदुरी गर्ने ४६ वर्षका मनबहादुर दमाईको ५७ वर्षीय बलबहादुर दमाई र श्रीमती कर्मती दर्जीले हत्या गरेका हुन्।

  • काठमाडौँ । म्याग्दीको धवलागिरी गाउँपालिका–५, मल्कवाङमा श्रीमान्-श्रीमती मिलेर घरमा काम गर्ने कामदारको निर्मम हत्या गरेका छन्।

    onlinepatrika
    Arghakhachi

    आफ्नै घरमा मजदुरी गर्ने ४६ वर्षका मनबहादुर दमाईको ५७ वर्षीय बलबहादुर दमाई र श्रीमती कर्मती दर्जीले हत्या गरेका हुन्। गत वैशाख २८ गते बेवारिस शव भेटिएको स्थानीयले जानकारी गराएपछि इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको प्रहरीको टोलीले मृतक मनबहादुरको शरीरमा बाउसोले प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेलले बताए।

    AGNI GROUP

    मृतक मनबहादुर अभियुक्त बलबहादुरको घरमा कामदारको रूपमा कार्यरत आएका थिए। घटना घरमै घटाएर लगेर फालेको वा घटनास्थलमै प्रहार गरेको भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

    अभियुक्त बलबहादुर दम्पतीले शरीरका विभिन्न भागमा प्रहार गरी घर भन्दा करिब ७ सय मिटर तल लगेर फालेको अवस्थामा भेटिएको प्रहरी निरीक्षक पौडेलले बताए। 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट