Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

जलवायु परिवर्तन

जलवायु परिवर्तनको कारण मानिसको अस्तित्व नै खतरामा: आरजु राणा

जलवायु परिवर्तनको कारण मानिसको अस्तित्व नै खतरामा: आरजु राणा

यसबारेमा छिटै केही समाधान ननिकाल्ने हो भने भविष्यमा मानव सभ्यता नै खतरामा पर्नसक्छ ।

  • काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपालले जलवायु परिवर्तनको नकारात्मक प्रभाव सबैभन्दा धेरै भोग्नु परेको बताएकी छन् ।

    onlinepatrika
    Arghakhachi

    शुक्रबार नेपाल सरकार द्वारा पहिलो पटक आयोजित सगरमाथा संवादको उदघाटनसत्र लाई शुक्रबार सम्बोधन गर्दै उनले नेपालको नदी, वन र हिमालले पृथ्वी एवम वातावरणको लागि धेरै ठूलो योगदान गरेपनि जलवायु परिवर्तनको नकारात्मक प्रभाव भोग्नु परेको भन्दै यसको समाधान छिटै नगरे भविष्यमा मानव सभ्यता नै खतरामा पर्न सक्ने बताइन् । 

    AGNI GROUP

    उनले भनिन्, ‘हाम्रो देश नदी, वन र हिमालले भरिपूर्ण रहेको हुनाले पृथ्वी र वातावरणको लागि धेरै ठूलो योगदान गरेका छौ । यति हुँदा पनि जलवायु परिवर्तनको नकारात्मक प्रभाव सबैभन्दा धेरै भोग्नु परेको छ । यसबारेमा छिटै केही समाधान ननिकाल्ने हो भने भविष्यमा मानव सभ्यता नै खतरामा पर्नसक्छ । त्यसकारण धेरै ढिला हुनुभन्दा अगाडि नै यसको समाधान गर्नुपर्छ ।’

    यस्तै, उनले हिमालहरुले एकदमै ठूलो जलवायु परिवर्तनको भार बोक्नु परेको भन्दै जलवायु परिवर्तन बाट भएको प्राकृतिक प्रकोपले उक्त क्षेत्रमा बस्ने मानिसको अस्तित्व नै खतरामा परेको बताइन् ।

    उनले भनिन्, ‘अहिलेको समयमा हाम्रो हिमालहरुले एकदमै ठूलो जलवायु परिवर्तनको भार बोक्नु परेको छ । हिम नदीहरु पग्लिरहेका छन् । हिमाली क्षेत्रमा बस्ने मानिसहरु प्रकृतिमा निर्भर हुने भएकाले जलवायु परिवर्तनबाट भएको प्राकृतिक प्रकोपले त्यहाँ बस्ने मानिसको अस्तित्व नै खतरामा परेको छ ।’

    जलवायु परिवर्तन विश्वव्यापी सङ्कट भएको भन्दै नेपालले सङ्कटमा परेका देशहरूले सजिलै पहुँच गर्न सक्ने पर्याप्त र प्रभाावकारी क्षति र नोक्सानी कोषको लागि आह्वान गरेको उनको भनाइ छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट