Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

समिति बैठक

आज तीनवटा समितिको बैठक बस्दै

आज तीनवटा समितिको बैठक बस्दै

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज दिनको साढे ३ बजे बस्ने भएको छ ।

  • काठमाडौं । संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा समितिको बैठक आज बस्दैछ ।

    onlinepatrika
    Arghakhachi

    आइतबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।

    AGNI GROUP

    शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज दिनको साढे ३ बजे बस्ने भएको छ । बैठकमा विद्यालय शिक्षा विधेयक,२०८० सम्बन्धमा गठित उप-समितिको प्रतिवेदन पेश गरिने कार्यसूची रहेको छ ।

    यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक विहान ११ः३० बजे बस्दैछ । बैठकमा नेपाल अतिकम विकसित राष्ट्रबाट विकास शील राष्ट्रमा स्तरोन्नति हुने सम्बन्धमा उधोग वाणिज्य तथा आपूर्ति मन्त्रालय बाट हालसम्म भएका कामकारवाही प्रगति एवं आगामी कार्ययोजनामा छलफल गरिने कार्यसूची रहेको छ।

    यसैगरी आज विधायन व्यवस्थापन समितिको ६९ औँ बैठक पनि बस्दैछ । दिनको १ बजे बस्ने बैठकमा ऐन कार्यान्वयन मापनको स्थलगत अध्ययनको समिक्षा सम्बन्धमा छलफल गरिने छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट