Logo

May 18 2025 | २०८२, जेठ ४ गते

May 18 2025 | २०८२, जेठ ४ गते

‘सुटमाला’ का सीईओ राज कार्की सम्मानित

‘सुटमाला’ का सीईओ राज कार्की सम्मानित

  • काठमाडौं । युवा व्यवसायी ‘सुटमाला’ का सीईओ राज कार्कीलाई सम्मान गरिएको छ । शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीबाट उनी सम्मानित भए ।

    images
    images
    images

    परम्परागत दर्जी व्यवसायलाई आधुनिक ढंगबाट अगाडि बढाइरहेका कार्की नेपाली सिलाइ उद्योगमा संघर्षरत र प्रेरणादायी युवा उद्यमी हुन् । उनले ७ वर्षदेखि बागबजारमा चलाइरहेको सुटमाला ब्रान्ड नै बनेको छ ।

    images

    स्वदेशमा नै लगानी सुनिश्चित गरी उद्यमशीलताको प्रवर्द्धन गर्ने तथा रोजगारी सिर्जनामार्फत आत्मनिर्भरमा पुर्‍याएको योगदानस्वरूप उनलाई सम्मान गरिएको हो ।

    राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय शिक्षा विभागले आयोजना गरेको कार्यक्रममा उनीसहित १० जना व्यवसायीलाई सम्मान गरिएको छ ।

    विभागका प्रमुख कुवेर अधिकारीले स्वदेशमा रहेर लगानी तथा उद्यमशीलतामा सक्रिय युवाहरूलाई थप ऊर्जा प्रदान गर्ने उद्देश्यले सम्मान गरिएको बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij