
May 18 2025 | २०८२, जेठ ४ गते
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले विदेशी नागरिकहरूले आफ्नो देशमा पठाउने पैसामा कर लगाउने योजना बनाइरहेको छ ।
उनको प्रशासनले अमेरिकामा रहेका आप्रवासीहरूले आफ्नो देशमा पठाउने रेमिट्यान्समा पाँच प्रतिशत कर लगाउने योजना बनाइरहेको छ । यसले त्यहाँ बसिरहेका नेपालीहरूमाथि सिधैं असर पर्नेछ । ट्रम्पको यो योजनाबारे जर्जिया टेक रिसर्च इन्ष्टिच्यूट (जीटीआरआई)ले आइतबार बताएको हो ।
१२ मे मा अमेरिकाको प्रतिनिधि सभामा एउटा विधेयक पेस गरिएको थियो । जसलाई ‘द वान बिग ब्युटिफुल बिल’ भनिएको छ । यसमा गैर–अमेरिकी नागरिकहरूले आफ्नो देशमा पठाएको पैसामा पाँच प्रतिशत कर लगाउने व्यवस्था गरिएको छ ।
यो प्रावधान अमेरिकी नागरिक नभएका व्यक्तिहरू, जस्तै ग्रिन कार्ड धारकहरू वा एच–१बी वा एच–टूए लगायत अस्थायी भिसामा काम गर्ने व्यक्तिहरूमाथि लागू हुनेछ ।
यो कर अमेरिकी नागरिकहरू माथि लगाइने छैन । यो कानून बनेमा हरेक वर्ष अमेरिकाबाट नेपाल आउने रेमिट्यान्स प्रभावित हुन सक्नेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij