Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

पोलिस्टिरिन सिट्स

एसवाई प्यानलले थाल्यो ईपीएस सिट्सको उत्पादन

एसवाई प्यानलले थाल्यो ईपीएस सिट्सको उत्पादन

यस कम्पनीले कंक्रीट घर निर्माण गर्दा वालको बीचमा राखिने ईपीएस सिट्सको स्वादेशमै उत्पादन गर्न थालेको हो ।

  • काठमाडौं ।  एसवाई प्यानल नेपालले घर निर्माणका लागि अति महत्त्वपूर्ण मानिने पोलिस्टिरिन सिट्स (ईपीएस सिट्स) को उत्पादन सुरू गरी बिक्री वितरण थालेको छ ।

    onlinepatrika
    Arghakhachi

    प्यानका घर निर्माण गर्दै आइरहेको यस कम्पनीले कंक्रीट घर निर्माण गर्दा वालको बीचमा राखिने ईपीएस सिट्सको स्वादेशमै उत्पादन गर्न थालेको हो । कम्पनीका निर्देशक शशी शाहका अनुसार अपार्टमेन्टमा पनि इन्सुलेशनको लागि  ईपीएस सिट्सको प्रयोग गर्न सकिने छ ।

    AGNI GROUP

    थर्मल इन्सुलेशन प्रदान गर्ने ईपीएस सिट्सले ध्वनि नियन्त्रणमा र निर्माण गतिलाई पनि नयाँ दिशातर्फ लग्न मद्दत गर्छ । ईपीएस सिट्स एक किसिमको प्लास्टिक फोम हो । घर निर्माणमा प्रयोग हुने ईपीएस सिट्स मजबुत, टिकाउ र इन्सुलेटिभ हुने शाहले जानकारी दिए ।

    यसको प्रयोग विशेषतः घरको भित्ता, छानामा गर्न  सकिन्छ भने घरलाई धेरै तातो तथा धेरै चिसो हुनबाट जोगाउन लागि पनि गरिन्छ।

    ‘ईपीएस सिट्सलाई सिधै भित्तामा टाँसिन्छ र त्यसको माथि जाली वा इँट्टा लगाएर प्लास्टर गरिन्छ, यसले घरलाई बाह्य तापक्रमबाट जोगाउँछ, छानाको सतहमा पनि ईपीएस सिट्स सजिलै फिट गर्न सकिन्छ, यसका लागि सिमेन्ट वा विशेष ग्लु प्रयोग गरिन्छ, कतिपय अवस्थामा फल्स सिलिङमा समेत ईपीएस सिट्स जडान गरिन्छ,’उनले भने । 

    यो वातावरण मैत्री हुनका साथै ध्वनि अवरोध र घरको ताप तथा चिसो नियन्त्रण गर्छ । शाहका अनुसार धेरैजसो प्रिफ्याब घरहरूमा समेत ईसीएस प्यानल प्रयोग हुँदै आएको छ । जसले निर्माण समयलाई झनै छोटो बनाएको छ।

    ‘नेपालमा ईपीएसको प्रयोग बढ्दै छ, विशेषगरी उपत्यकाभित्रका नयाँ भवनहरूमा यो प्रविधि निकै उपयुक्त हो,’उनले भने । ईपीएस सिट्स नेपाली निर्माण प्रविधिमा नयाँ युगको सुरुवात गरिरहेको छ। घर बनाउँदा तापमान नियन्त्रण, ध्वनि अवरोध र लागत कटौतीका लागि ईपीएस सिट्स एक स्मार्ट विकल्प हुनसक्ने शाहले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट