
May 20 2025 | २०८२, जेठ ६ गते
काठमाडौं । २१औं एकेएफ एशियन सिनियर कराते च्याम्पियनशिपमा नेपालबाट ११ जना खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
यही जेठ ९ देखि ११ गते (२०२५मे २३–२६) सम्म हुने च्याम्पियनशिपमा सहभागी हुने खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले सोमबार शुभकामना सहित विदाई गरेका छन् ।
खेलाडीहरुमा सोनिम मानन्धर, साजन मोक्तान,मीन बहादुर तामाङ,सन्तोष श्रेष्ठ,महमद सेखु आलम,तेन्जिङ शेर्पा, सानुमाया थिङ,अन्जली महर्जन,सविना श्रेष्ठ, निरुपा दोङ तामाङ, र एरिका गुरुङ सहभागी छन् ।
यस्तै हेड कोच कुशल श्रेष्ठ,टिम कोच मन्डेकाजी श्रेष्ठ,टिम म्यानेजर किशोर प्रसाद भट्टराई रहेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij