Logo

May 22 2025 | २०८२, जेठ ८ गते

May 22 2025 | २०८२, जेठ ८ गते

पर्यटन राज्यमन्त्री चौधरीको घरमा चोरी

पर्यटन राज्यमन्त्री चौधरीको घरमा चोरी

  • काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका नेता तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण चौधरीको घरमा चोरी भएको छ ।

    images
    images
    images

    कैलालीको लम्कीचुहा नगरपालिका-४ बलियामा रहेको चौधरीको घरमा सुनचाँदीसहित करिब २० लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको बताइएको छ ।

    images

    चोरी कहिले भएको भन्ने यकिन नभए पनि हिजो मात्रै घरमा पुग्दा चोरी भएको थाहा भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

    images

    चोरले घरको ढोका फोडेर भित्र पसेर सुनचाँदीका गहना तथा नगद समेत लुटपाट गरेको भन्दै प्रहरीलाई जानकारी पुगेपछि तत्काल प्रहरी राज्यमन्त्री चौधरीको घर पुगेको थियो ।

    घटनाबारे थप अनुसन्धान भइरहेको र चोरीमा संलग्नहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij